तिनाउ खोलाले बगाउँदा तीन वर्षीया बालकको मृत्यु

नवलपुर टुडे
२०७९ कार्तिक ६ | मध्यान्ह ०६:०७ बजे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-२, दोभानमा तिनाउ खोलाले बगाएर तीन वर्षीय मायुस सारु मगरको मृत्यु भएको छ ।
आइतबार दिउँसो दिदीसँग नुहाउन खोलामा गएका सारुको तिनाउ खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
नुहाउने क्रममा खोलामा बेपत्ता भएका सारुलाई खोजी गर्ने क्रममा १ हजार ५ सय मिटर तल फेला परेका थिए । उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याईएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।





