दार्चुलामा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, दुई जना घाइते

नवलपुर टुडे
२०७९ कार्तिक ६ | बिहान ०९:०७ बजे

कैलाली । दार्चुलामा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सदरमुकाम खलंगाबाट शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरतर्फ जाँदै गरेको सुप प्र.२००१ त १४६७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–६ का २३ वर्षीय सन्तोष डाँगी र कञ्चनपुरका कञ्जु राना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताए । राना ट्याक्टरका चालक हुन् । ट्याक्टर सडकबाट ४० मिटर तल खसेको थियो ।





