बर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

नवलपुर टुडे
२०७९ कार्तिक ५ | मध्यान्ह १२:०७ बजे

बर्दिया । बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए ।
पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढेको छ । रासस





