देश

    कांग्रेस उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटना

    नवलपुर टुडे
    २०७९ कार्तिक ४ | मध्यान्ह ०५:०७ बजे

      काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार चुनाव प्रचारप्रसारका क्रममा स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो ।

      उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिएका छन् । उनले सामाजिक संजाल ट्विटरमा भनेका छन् – ‘सामान्य दुर्घटनाः कालिगण्डकी-६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामान्य दुर्घटना । हामी सबै सुरक्षित छौं ।’

        कमेन्टहरु