देश

    भ्रष्टाचार अभियोगमा परेका मुख्यमन्त्रीलाई निर्वाचित नगराउन पर्सावासीको प्रतिवद्धता

    नवलपुर टुडे
    २०७९ कार्तिक ३ | मध्यान्ह ०७:०७ बजे

      पर्सा, ३ कात्तिक । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा भ्रष्टाचार गरेको अभियोग लागेका मुख्यमन्त्री लालबाबु राउत गदीलाई निर्वाचित गराउन नसक्ने पर्सावासीले प्रतिवद्धता जाहेर गरेका छन । मधेसको नाममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदीले रोटी सेक्ने बाहेक अरु केही गर्न नसकेको आरोप लगाउदै अगामी हुने निर्वाचनमा निर्वाचित गराउन नसक्ने प्रतिवद्धता जाहेर गरेका हुन ।

      यस अघि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गदीले मधेसको नाममा राजनीति गरी निर्वाचित भएपनि निर्वाचित हुनसाथ आफ््नो घमण्डी पाराले चलाउदै आएको सत्तामा वीरगंजको लागि केहीगर्न नसकेको कारण निर्वाचित गराउन नसक्ने स्थानीयहरुले बताएका छन । स्थानीयका अनुसार मधेस प्रदेशमा मात्र नभई मुलुकमै दोेश्रो ठुलो रंगशालाको रुपमा मानिने नारायणी रंगशाला निर्माणका साथ साथै मुर्ली पोखरा शौन्दर्यकरण लगायत नागवा पोखरीमा समेत भ्रष्टाचार गरेको कारण यसपालि मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा मुख्ययमन्त्री गदीको पक्षमा मतदान नगर्ने ठोकुवा गरेका छन ।

      नगवाका एक जना स्थानीय बृद्धका अनुसार मधेस आन्दोलनदेखी मधेसको नाममा राजनीति गर्नेहरु कहिल्यै मधेसी जनताको नरहेको जिकिर गर्नुभयो । उहाले अगामी हुने निर्वाचनमा मुख्यमन्त्री लालबाबु राउत गदीले नराम्रो तरिकाले पराजित हुने ठोकुवा समेत गर्नुभयो । नेपाल जस्तो शान्ति देशमा मधेसको नाममा राजनीति गर्दै आफ्नो रोटी सेक्ने र कमाई खाने भाडो बाहेक केही गर्न नसकेको दुखेसो पोख्नु भयो । कहिल्यै मधेसको नाममा, कहिल्यै जातको नाममा राजनीति गर्ने मधेसी दलका नेताहरुलाई मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनताले जवाफ दिने बृद्धले जानकारी दिनुभयो ।

        कमेन्टहरु