देश

    सिरहामा ट्रकको ठक्करबाट यात्रुबाहक बस पल्टिदा ३० जना घाइते

    नवलपुर टुडे
    २०७९ कार्तिक ३ | बिहान १०:०७ बजे

      सुरेश राय
      सिरहा, ३ कात्तिक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका – ८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते भएका छन् ।

      पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०५००१ ख ००२९ नम्बरको ट्रकले ना. ७ ख ४९८१ नम्बरको बसलाई पछाडिबाट ठक्करदिंदा बसमा सवार ३० जना घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिएको छ । दुर्घटनामा घाइते हुनेहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भईरहेको छ ।

      गम्भिर घाइते तीन जनालाई थप उपचारको लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी झापाको बिर्तामोड का ६० वर्षिया प्रेम कुमार खडका, धादिंगका ५७ वर्षिय श्याम कुमारी, गणेश शर्मा, स्वेता श्रेष्ठ, रंजित थापा मगर, शिब बहादुर थापा लगायत ३० जना घाइते भएका छन् ।

      योगदान राष्ट्रका लागि नामक संस्थाको हेटौडामा भएको साधारणसभा सकेर फर्कने क्रममा दुर्घटना भएको संस्थाका मोरङ्ग जिल्ला अध्यक्ष संजय ढकालले जानकारी दिए ।

      photo 2022 10 20 10 08 20

        कमेन्टहरु