मुख्य समाचार

    तिहार र छठमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गरे १ लाखसम्म जरिवाना

    नवलपुर टुडे
    २०७९ कार्तिक ३ | बिहान ०८:०७ बजे
    फाइल तस्बिर

      काठमाडौं, कात्तिक ३ । सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको छ ।

      आउँदै गरेको तिहार र छठमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीहरु विक्री वितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना हुने वन तथा वातावरण मन्त्रालयले  जानकारी  दिएको छ ।

      गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

      विभागको अनुगमनका क्रममा उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुने मन्त्रालयले जनाएको छ ।

      photo 2022 10 20 08 22 33

        कमेन्टहरु