देश

    पुर्वमन्त्री कण्डेलले दिए चुनावी अभियानलाई तिब्रता

    नवलपुर टुडे
    २०७९ कार्तिक २ | मध्यान्ह ०७:०७ बजे

      नवलपरासी । पश्चिम नवलपरासीमा अगामी आम निर्वाचनको चुनावी माहोल तातिएको छ । विभिन्न राजनीति दलले आ-आफ्नो चुनावी क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै, घरदैलो अभियानलाई तिब्रता बनाएको छ ।

      त्यसैक्रममा पार्टी केन्द्रिय सदस्य, प्रतिनिधि सभाका उम्मेदवार एवम पुर्वमन्त्री देवेन्द्र राज कण्डेलले आफ्नो चुनावी क्षेत्रमा अभियानलाई तिब्रता बनाएको छ । सोही क्रममा नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासी जिल्ला कार्यसमितिको आयोजनामा आयोजित शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रममा प्रमुख अतिथी रहनुभएका कण्डेलले अगामी निर्वाचनमा प्रतिगामीहरुको पराकाष्ठा हुने बताउनु भयो । वहाँले प्रतिगामीहरुको पराकाष्ठा गर्नका लागि सबै नेताकार्यकर्ताहरुलाई सिद्धान्तनिष्ठ भएर चुनावी अभियानमा लाग्न अपिल गर्नु भयो ।

      कार्यक्रममा समानुपातिक उम्मेदवार, प्रदेश सभा सदस्य उम्मेदवार, जिल्ला सभापति, भातृ संगठनका सभापति लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम समिती सभापति ज्ञानहरि अर्यालको सभापतित्वमा सुनवल पार्टी कार्यालयमा सम्पन्न भएको थियो ।

        कमेन्टहरु