तस्कर

    परासीमा अबैध पटका र कपडा बरामद

    नवलपुर टुडे
    २०७९ कार्तिक २ | मध्यान्ह ०६:०७ बजे
    फाइल तस्बिर

      परासी । पश्चिम नवलपरासी प्रहरीले मंगलबार भन्सार छलि ल्याएको ठूलो परिणामका पटका बरामद गरिएको छ ।

      ईप्रका अमानिगंजबाट प्रबनानि राजेश्व भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले पाल्हीनन्दन – ३ बेलासपुर स्थितबाट १३,०००/-(अक्षरुपी तेह्रहजार मूल्य बराबरको १ पेटी १०० राउण्ड आकासे पटका नियन्त्रणमा लिईएको छ । त्यसै गरी सोही दिन गोवरहियाबाट प्रनानि गोकर्ण चौहानको कमाण्डमा खटिएको प्रहरी टोलीले सरावल – ४ बडसारे स्थितबाट ५०,०००/-(अक्षरुपी पचास हजार) मुल्य बराबरको बिभिन्न किसिमका पटका नियन्त्रणमा लिईएको छ ।

      त्यसै गरी, ६९ हजार ६ सय मुल्य बराबरको कपडा बुधबार बिहान भुमहीबाट प्रसनि ईन्द्रजित यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले सुनवल न पा – १३ बडेरा चोकमा दक्षिणबाट उत्तर तर्फ मोटरसाइकलमा लुकिछिपी ल्याएको साडी १० पिस, उलन कुर्ता १३ पिस, कटन कुर्ता ७ पिस, कुर्था ४ पिस, जयपुरी कुर्ता ५ पिस, उलन सल ५ पिस र सल १० पिस गरी अन्दाजी ६९,६००/- बराबरको कपडा ल्याउदै गरेको अवस्थामा प्रहरीलाई देखि उक्त कपडा सोही स्थानमा छाडी तस्कर मोटरसाइकल लिएर
      भागेको प्रहरीले बताएको छ ।

      उक्त कपडा प्रहरी टोलीले नियन्त्रणमा लिएको र आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाउने प्रकृयामा रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत पाण्डेयले जानकारी दिनुभएको छ ।

        कमेन्टहरु