नवलपरासीमा दुईवटा ट्रकसहित ठुलो मात्रामा चिनी बरामद


परासी । पश्चिम नवलपरासीमा दुईवटा ट्रकसहित ठूलो मात्रामा चिनी बरामद गरिएको छ ।
प्रतापपुर- २ इलाकामा सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुरबाट सप्रनि सुरेन्द्र बहादुर बोहराको कमाण्डमा खटिएको ९ जना र महेशपुर भन्सार कार्यालयबाट सुब्बा मोह राज जैशीको नेतृत्वमा खटिएको ५ जनाको संयुक्त टोलीले बुधबार ट्रकसहित चिनी बरामद गरिएको हो ।
उक्त टोलीले बिहान ६ बजेको समयमा ना ६ ख २१९७ नम्बरको ट्रकसहित प्रतापपुर – २ इलाकामा ४२० बोरा(२१००० केजी) चिनी र सोही दिन बिहान ६:३० बजेको समयमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका -५ स्थित परासी भैरहवा हुलाकी मार्गबाट लु १ ख ९८७१ को ट्रकसहित ४२० बोरा (२१००० केजी) चिनी बरामद गरेको हो ।
प्रारम्भिक कुल अन्दाजी मुल्य रु.९०,००,०००/- (अक्षरुपी नब्बे लाख) बराबरको उक्त दुईवटा बरामद गरिएको ट्रकसहित चिनी आबश्यक कारबाहीका लागि सुरक्षासमेत प्रदान गरि महेशपुर भन्सार कार्यालयमा बुझाएको सुचना अधिकारी सप्रनाउ केशबराज थापाले नवलपुर टुडेलाई जानकारी दिनुभयो ।





