मौसम

    आज देशका केही भागमा हल्का बर्षाको सम्भावना

    नवलपुर टुडे
    २०७९ कार्तिक २ | बिहान ०७:०७ बजे

      काठमाडौ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

      देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् । हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा माैसम सामान्यतया सफा रहेको छ । 

      आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेकाे छ । माैसमविद्का अनुसार हाल देशका पहाडी भू–भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको छ ।

        कमेन्टहरु