देश

    नेपाली कांग्रेसको केन्द्रिय प्रचारप्रसार समितीमा ज्ञवाली मनोनित

    नवलपुर टुडे
    २०७९ कार्तिक १ | मध्यान्ह ०६:०७ बजे

      कपिलवस्तु, १ कार्तिक । नेपाली कांग्रेसको केन्द्रिय निर्वाचन प्रचारप्रसार समितीमा कपिलवस्तुका युवा नेता राजेश ज्ञवाली मनोनित भएको छ ।

      नेविसंघका पूर्व सहमहामन्त्रीसमेत रहेका ज्ञवाली केन्द्रिय प्रबक्ता प्रकाश शरण महत संयोजकत्वको समितीमा उहाँ मनोनित हुनुभएको हो । ज्ञवाली कपिलवस्तुका चर्चित युवा नेता पनि हुन । यहाँ कपिलवस्तुवाट समानुपातिक उम्मेदवारमा सिफारिस भएपनि केन्द्रिय लिष्टमा पर्नु भएको थिएन ।

      साथै ज्ञवाली सम्मानीय प्रधानमन्त्री शेर बहादुर देउवा र प्रबक्ता डा. प्रकाश शरण महत निकटका कार्यकर्ता हुन । वहाँ जिल्लामा विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील व्यक्तित्व हुनुहुन्छ ।

        कमेन्टहरु