समाचार

    शरद–रोशनीकाे हत्या आशंका, प्रहरीले थाल्यो अनुसन्धान 

    नवलपुर टुडे
    २०७९ कार्तिक १ | मध्यान्ह ०३:०७ बजे

      काठमाडौ । दाङकाे तुलसीपुरका १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यको हत्या भएको आशंका गरिएको छ ।

      आइतबार उनीहरूको शव तुलसीपुर–१३, दमारगाउँस्थित स्थानीय सामुदायिक जंगलमा टाउको र शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेको थियो । दाङ प्रहरीका प्रवक्ता डीएसपी राजन गौतमका अनुसार उनीहरूको हत्या गरेर फालेको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । 

      ‘शव हेर्दा हत्याकै आशंका गर्न सकिने ठाउँ छ । हामीले त्यही अनुसार अनुसन्धान पनि बढाएका छौँ । केही शंकास्पद व्यक्तिलाइ अनुसन्धानकाले लागि राखेका छौँ । बाकी पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ,’ डीएसपी गौतमले भने । आइतबार शव फेला परे पनि उनीहरू दुवै जनाको पोष्टमार्टम भने मंगलबार बिहान भएको डीएसपी गौतमको भनाइ छ । रिपोर्ट आउन बाँकी छ । 

      पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा दिने तयारी प्रहरीको छ । २७ असोजदेखि उनीहरू बेपत्ता भएका थिए । रोशनी र शरद स्थानीय अम्बापुर माविमा क्रमशः कक्षा–८ र ९ मा अध्ययनरत थिए । 

        कमेन्टहरु