समाचार

    अरिंगालले टोकेरे सल्यानको सिद्ध कुमाख गाउँपालिकामा आमाछोरीको मृत्यु

    नवलपुर टुडे
    २०७९ कार्तिक १ | बिहान ०९:०७ बजे
    फाईल तस्बिर

      सल्यान, कात्तिक १ । अरिंगालले टोकेरे सल्यानको सिद्ध कुमाख गाउँपालिकामा आमाछोरीको मृत्यु भएको छ । सिद्ध कुमाख–१ हममपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी छोरी चार वर्षीया प्राप्ति बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

      धान काटेर घर फर्किने क्रममा बाटोमा अरिंगालले टोकेको हो। अरिंगालले टोकेर तीन जना घाइते भएका थिए । उनीहरुको स्थिानीय श्रीनगरस्थित परोपकार अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि बाँकेको कोहलपुर लग्ने क्रममा प्राप्तिको बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।

      त्यस्तै, शोभाको आज बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। अस्पताल पुग्ने वितिक्कै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए। अर्का घाइते २१ वर्षीय नवीन बस्नेतको श्रीनगरस्थित परोपकार अस्पतालमा उपचार भइरहेको छ।

        कमेन्टहरु