देश

    झापामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

    नवलपुर टुडे
    २०७९ अशोज ३१ | मध्यान्ह ०९:०६ बजे

      झापा, असोज ३१ । झापामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको ज्यान गएको छ । सोमबार साँझ बिर्तामोड नगरपालिका – २ स्थित बेलडाँगीमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

      दुर्घटनामा मे ३ प ५५८० नम्बरको मोटरसाइकल चालक झापा बाह्रदशीका अनिस साउदेन र मे ५ प १६०४ नम्बरका मोटरसाइकल चालक सोही स्थानका भोलाराज भुजेल, उनकी श्रीमती चन्द्रकला र छोरी प्रशना भुजेल घाइते भएकामा बीएण्डसी अस्पतालमा उपचारको क्रममा दुवै मोटरसाइकल चालकहरुको मृत्यु भएको हो ।

      घाइते दुई जनालाई थप उपचारका लागि अहिले बीएण्डसीबाट बिर्तामोड सिटी अस्पतालमा पठाइएको छ ।

        कमेन्टहरु