भ्रष्टाचार

    सीडीओ कार्यालय पर्साका कर्मचारी घुससहित पक्राउ

    नवलपुर टुडे
    २०७९ अशोज ३१ | मध्यान्ह ०५:०६ बजे

      पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत एक जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

      अख्तियारको क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले सीडीओ कार्यालय पर्साका कम्प्युटर अपरेटर संजय प्रसाद यादवलाई घुससहित पक्राउ गरेको हो ।

      ‘आयोगको कार्यालय, हेटौँडाबाट खटिई गएको टोलीले निज कम्प्युटर अपरेटर संजय प्रसाद यादवलाई सेवाग्राहीसँग रु. ५,०००/- (पाँच हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निज कार्यरत कार्यालयबाट सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

        कमेन्टहरु