समाचार

    भोलि शोक बिदा, राष्ट्रिय झण्डा झुकाइने

    नवलपुर टुडे
    २०७९ अशोज ३१ | मध्यान्ह ०५:०६ बजे

      काठमाडौँ, असोज ३१ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि (मंगलबार) १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ ।

      गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

      शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।

      photo 2022 10 17 17 04 44

        कमेन्टहरु