६७औं प्रहरी दिवसको अवसरमा जिप्रका नवलपरासीद्वारा बृक्षारोपण र रक्तदान कार्यक्रम

नवलपुर टुडे
२०७९ अशोज ३१ | बिहान १०:०६ बजे

परासी । ६७औं प्रहरी दिवस २०७९ को पावन अवसरमा नवलपरासी जिल्ला प्रहरी कार्यालयद्धारा सोमबार रक्तदान र बृक्षारोपण कार्यक्रम गरि सम्पन्न गरिएको छ ।
जिल्ला रेडक्रस सोसायटी नवलपरासीको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममा नवलपरासी जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरु गरि २० जना, सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरु ३ जना र सर्वसाधरण १ जना गरी २४ जनाले रक्तदान गरिएको थियो ।
त्यसैगरी प्रहरी दिवस २०७९ को अवसरमा सोमबार जिल्ला प्रहरी कार्यालय नवलपरासी परीसरमा बिभिन्न प्रजातीका ३२० बोट बृक्षारोपण समेत गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत भोजराज पाण्डेयले जानकारी दिनुभएको छ ।






