विचार/ब्लग

    जिन्दगीका भोगाई : बिनोद चौधरी

    नवलपुर टुडे
    २०७९ अशोज ३१ | बिहान ०८:०६ बजे

      जिन्दगीको..
      कालखण्डमा मैले देखेका भोगेका र हाँसिल गरेका
      उपलब्धिहरु सजिला थिएनन् ।

      दिन रातको मेहनत, लगनशिलता र परिश्रमले गर्दा नै आफ्नो उदेश्य र लक्ष्य प्राप्त गरे ।

      जुन देशको पानी पिँए ।
      जुन देशको माटोमा टेकेर म उभिँए ।
      जुन देशको शितल हावा पिएर म बाचेँ ।

      आज म त्यहीँ देशको ऋणि बन्न पुगेको छु ।
      पिँएको पानीको मुल्य चुकाउनु छ ।
      टेकेको माटोमा समृद्धिको मुल फुटाउनु छ ।
      बिकास र समृद्धिको बतास देश भर वहाउनु छ ।

      आज म जुन धरातलमा उभिँएको छु ।
      उहीँ धरातलमा आफ्ना जनतालाई सगैँ उभाउनु छ ।

      जनताको सुख:दुखमा हातेमालो गर्दै, भोलि उदाउने घामका नौला किरण धर्तीमा ठोकिनु अघिनै देशको मुहार फेर्नु छ ।

        कमेन्टहरु