समाचार

    लहानमा प्रहरीको फितलो सुरक्षा, मुख्य चौकबाटै मोटरसाईकल चोरी

    नवलपुर टुडे
    २०७९ अशोज ३१ | बिहान ०७:०६ बजे

      सिरहा । सिरहाको लहानमा प्रहरी प्रशासनको फितलो सुरक्षाको कारण मुख्य चौकबाटै मोटसाईकल हुने गरेका छन् । लहान नगरपालिका १ स्थित रहेको तरकारी बजारमा राखिएको बाईक राखिएको २० मिनेट नबितदै मोटरसाईकल चोरी भएको छ ।

      जसपा नेपालका युवा नेता चन्द्र शेर यादवको होण्डाको हरियो, बुलु कलरको सिबि साईन गाडी नम्बर ज १२ प ४२५७ नम्बरको बाईक पार्किङ स्थलबाटै चोरी भएको हो ।

      लहान स्थानीय निर्वाचन पछि पुनः गुन्डागर्दी चोरहरु फस्टाएका छन् । लहानको मुख्य चौक मानिने तरकारी बजारबाट जहाँ निरन्तर नेपाल प्रहरीको सुरक्षाकर्मीको डिउटी राखिएको हुन्छ। प्रहरी डिउटीको अगाडिबाटै बाईक चोरी हुने गरेको र प्रहरी मुख दर्शक हुन् पुगेको पीडित यादवको आरोप रहेका छन्। दिन प्रतिदिन लहान लगायत सिरहा भरि हत्या हिंसा र चोरी हुने गरेका छन्।

      सिरहाको लहान लगायत सिरहा जिल्ला भरी फितलो सुरक्षाको कारण चोरी हत्या हिंसाका घटनाहरु दिन प्रतिदिन बढदै गएको छ्।

        कमेन्टहरु