ईप्रका कृष्णनगरले स्रोत नखुलेको १३ लाखसहित मानिस पक्राउ


कृष्णनगर, असोज ३० । कपिलवस्तु जिल्लाको ईलाका प्रहरी कार्यालय कृष्णनगरले स्रोत नखुलेको १३ लाख आठसय रकमसहित मानिस पक्राउ गरेको छ l
कृष्णनगर नगरपालिका वडा नं २ गणेशपुर चोकस्थित कृष्णनगर चन्द्रौटा सडक खण्डमा कृष्णनगरबाट चन्द्रौटा जादै गरेका लु १ ख २३१७ नंम्बरको बसलाई विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले बस चेकजाच गर्दा प्युठान जिल्लाको साबिक धरमावती गाविस- ७ हाल प्युठान नगरपालिका वडा नं ८ मनगाउँ बस्ने चौतिस बर्षका शुसिल बहादुर पुन मगरले सोही गाडिको अगाडिको बोनट भागमा भारतीय पत्रिकाले बेरिएर राखिएको अवस्थामा स्रोत नखुलेको तेह्रा लाख आठसय नेपाली नोट बरामद गरि मानिससहित नियन्त्रणमा लिएको हो l
बरामद रकम र मानिसलाई नियन्त्रणमा लिई थप अनुसंधानका लागि भन्सार कार्यालय कृष्णनगर पठाएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेले जानकारी दिए l केही समय अगाडि चरेससहित मानिस समात्न सफल रहेको ईप्रका कृष्णनगरले शान्ति सुरक्षा कायम राख्दै चोरी तस्करी नियन्त्रणमा समेत राम्रो योगदान दिएको स्थानीय बताउछन् ।





