देश

    प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउन तोके आठ संयोजक 

    नवलपुर टुडे
    २०७९ अशोज ३० | मध्यान्ह ०६:०६ बजे

      काठमाडौ । पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन्। दलीय प्रणाली र दलका नेताहरुको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै उनले समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन अभियान सञ्चालन गर्न लागेका हुन्। अभियानलाई तीव्रता दिनका लागि पूर्वमन्त्री साहले मधेश प्रदेशका ८ वटै जिल्लाको संयोजक तोकेका छन्। 

      आइतबार एक वक्तव्य जारी गर्दै अभियानका संयोजक प्रभु साहले ८ जिल्लामा संयोजक तोकेको जानकारी दिए।अभियानको जिल्ला संयोजकका रुपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह (अमर),  सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा बसन्त मण्डललाई जिम्मेवारी तोकिएको छ। अभियानलाई वडा तह देखि राष्ट्रियस्तरको संरचनामा खडा गर्ने संयोजक प्रभु साहले जानकारी दिए।

      एमालेले जसपासँग गठबन्धन गरेपछि त्यसको विरोध गर्दै पूर्वमन्त्री साहले एमालेको टिकट लत्याएर स्वतन्त्र प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए। उनले मधेशका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार खडा गरेका थिए भने अब उनले देशैभर स्वतन्त्र उम्मेदवारहरुको प्यानल निर्माण गर्न लागेका हुन्।

      photo 2022 10 16 18 01 16

        कमेन्टहरु