देश

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन शोक बिदा दिने

    नवलपुर टुडे
    २०७९ अशोज ३० | मध्यान्ह ०३:०६ बजे

      काठमाडौं, असोज ३० । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ ।

      जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आइतबार ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो जानकारी गराएका हुन् ।

      कुन दिन विदा दिने भन्ने आधिकारिक सूचना सरकारबाट प्रकाशित हुने उनले बताए ।

        कमेन्टहरु