देश

    सत्ता गठबन्धनका शीर्ष नेताहरुले आज काठमाडौंमा प्रशिक्षण दिँदै

    नवलपुर टुडे
    २०७९ अशोज ३० | बिहान ०८:०६ बजे

      काठमाडौं, असोज ३० । सत्तारुढ गठबन्धनले आज काठमाडौँमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । 

      काँडाघारी स्थित शुभश्री पार्टी प्यालेसमा दिउँसो १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको काठमाडौं–२ की गठबन्धनकी उम्मेदवार पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले जानकारी दिइन् ।

      उनका अनुसार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने कार्यक्रम छ । 

      कार्यक्रममा सत्ता गठबन्धनमा आवद्ध सबै दलका नेता तथा कार्यकर्ताहरुको सहभागी रहने बताइएको छ ।

        कमेन्टहरु