समाचार

    तिनाउ नदीले बगाउँदा बुटवलमा एक पुरूष बेपत्ता

    नवलपुर टुडे
    २०७९ अशोज २९ | मध्यान्ह ०१:०६ बजे
    फाईल तस्बिर

      बुटवल । बुटवलको तिनाउ नदीले बगाउँदा एक पुरूष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ११ सिरानगाउँबाट तिनाउ नदी तरेर लुम्बिनी प्रादेशिक अस्पताल तिर जाने क्रममा बुटवल-११ सिरानगाउँ मजुवाका डिल्लीराज अर्याल रहेको छ । 

      नदीले बगाउँदा बेपत्ता भएका उनकाे खाेजी भइरहेकाे बुटवल उपमहानगरपालिका वडा नं ११ का वडासदस्य युवराज रानाले जानकारी दिए । उनका अनुसार अर्याल लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथ व्यवसाय संचालन गर्थे।

        कमेन्टहरु