समाचार

    पाल्पामा अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर एक्को मृत्यु

    नवलपुर टुडे
    २०७९ अशोज २९ | मध्यान्ह ०१:०६ बजे
    फाईल तस्बिर

      बुटवल, असाेज २९ । पाल्पामा अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारु मगर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

      उनलाई उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउदा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अरिंगाल पोल्ने क्रममा उनी रुखबाट करिब एक सय मिटर तल लडेर गम्भीर घाइते भएका थिए ।

      शुक्रबार साँझ करिब ५ बजे गाउँ नजिकै रहेको तारे जङ्गलस्थित सालको रुखमा रहेको अरिङ्गालको गोला पोल्न गएको बुझिएको छ । विष्णुसँग सोही ठाउँका ३२ वर्षीय पूर्णबहादुर राना पनि अरिङ्गालको गोलो पोल्न गएका थिए ।

        कमेन्टहरु