राप्रपाका सिद्धार्थनगर सभापति कांग्रेस प्रवेश, लगत्तै जिल्ला सदस्य मनाेनीत

नवलपुर टुडे
२०७९ अशोज २८ | बिहान १०:०६ बजे

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका सिद्धार्थनगर सभापति चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शुक्रवार बिहान उनलाई गृहमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र जिल्ला सभापति रामकृष्ण खाँणले पार्टी सदस्यता दिएका हुन् ।
उनी नेवा खलः सिद्धार्थनगर समितिको उपाध्यक्ष पनि हुन् । लुम्बिनी विकास कोषमा काम गरेका श्रेष्ठ प्राकृतिक चिकित्सा विज्ञानमासमेत दख्खल राख्छन् । उनलाई पार्टी प्रवेश गरेलगत्तै नेपाली कांग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरेको जिल्ला सभापति खाँणले नवलपुर टुडेलाई जानकारी दिए ।





