सप्तरी क्षेत्र नं.४ क बाट स्वतन्त्र उमेदवार बिद्रोहीले पाए चुनाब चिन्ह ‘पानीको धारा’

नवलपुर टुडे
२०७९ अशोज २८ | बिहान ०८:०६ बजे

लहान । सप्तरी ४ क बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उमेदवारी दिएका चर्चित, लेखक तथा सामाजिक अभियान्ता राजनीतिक विश्लेषक राजेश बिद्रोहीले चुनाव चीन्ह पानीको धारा पाएका छन् ।
बिद्रोहीले नेपालको राजनीतिक परिवर्तनको क्षेत्रमा नयाँ पहिचान स्थापित गरेका हुन् । उनी लेखक मात्र होइन एउटा असल ईमानदार कुसल समाजसेवी पनि हुन् ।
बिद्रोहीले सामाजिक क्षेत्रमा समेत विनालोभ लालचका साथ सामाजिक जागरण अभियान समेत चलाउँदै आएका छन् ।





