लुम्बिनी प्रदेशमा रोजगारीको अवसर (सूचनासहित)

नवलपुर टुडे
२०७९ अशोज २८ | बिहान ०८:०६ बजे

बुटवल । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेशका स्थानीय तहका लागि कर्मचारी माग गरिएको छ। खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोगले आवेदन माग गरेको छ।
कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था अनुसार लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तह अन्ततर्गत रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्वास्थ्य सेवा, इन्जिनियरिङ सेवा, कृषि सेवा, बन सेवा र शिक्षा सेवाका लागि कर्मचारी माग गरिएको हो। योग्यता पुगेका आवेदकलाई अनलाईनमार्फत आवेदन दिन भनिएको छ।
आन्तरिक बढुवामार्फत पनि रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ। कात्तिक १७ गतेसम्म उमेर पुगेका योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।






