देश

    आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारीलाई गर्न आयोगको निर्देशन

    नवलपुर टुडे
    २०७९ अशोज २७ | मध्यान्ह ०४:०६ बजे

      काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई विभागीय कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

      सम्बन्धित कार्यालय प्रमुखहरुलाई आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल विभागीय कारबाही गर्न निर्देशन दिएको हो । कारबाही नगर्ने कार्यालय प्रमुखलाई निर्वाचन आयोग ऐन २०७३ बजोजिम आयोग सचिवालयले कारबाही प्रारम्भ गर्नेसमेत आयोगले चेतावनी दिएको छ ।

      यस्तै, आयोगले नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।

        कमेन्टहरु