देश

    प्रतिनिधिसभातर्फ जसपाका ७९ र लोसपाका ५१ उम्मेदवार दर्ता

    नवलपुर टुडे
    २०७९ अशोज २७ | बिहान ०७:०६ बजे

      काठमाडौ । प्रतिनिधिसभा अन्तर्गत जनता समाजवादी पार्टीले ७९ सिटमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको छ । भने लोसपा नेपालले ५१ सिटमा उम्मेदवारी दिएको छ ।

      प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जसपा नेपालले केही सिटमा एमालेसँग तालमेल गरेको छ ।अर्कोतिर लोसपा नेपालले भने सत्तारुढ गठबन्धनसँग तालमेल गरेर भागबण्डाका आधारमा उम्मेदवारी दिएको हो ।

      उम्मेदवारी फिर्ताको समय सकिएपछि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो ।
      १६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।
       

        कमेन्टहरु