मौसम

    आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

    नवलपुर टुडे
    २०७९ अशोज २७ | बिहान ०६:०६ बजे

      काठमाडौ । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

      जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

      राती प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसम खराबीका कारण सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

        कमेन्टहरु