अन्ततः हृदयेश त्रिपाठीलाई एमालेको समर्थन

नवलपुर टुडे
२०७९ अशोज २६ | मध्यान्ह ०७:०६ बजे

परासी । नेकपा एमालेले जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई समर्थन गरेको छ । नवलपरासी–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका त्रिपाठीलाई समर्थन गर्दै एमालेले आफ्ना उम्मेदवार सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता लिएको छ ।
यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा त्रिपाठी नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेर निर्वाचित भएका थिए । नवलपरासी-१ मा नेपाली कांग्रेसका उम्मेदवार उद्योगी विनोद चौधरी छन् । उनलाई सत्तारुढ गठबन्धनमा रहेका दलहरुको साथ छ ।
त्रिपाठी र चौधरीसहित यो क्षेत्रमा १८ जना प्रतिस्पर्धामा छन् ।





