राप्रपाबाट प्रतिनिधि सभामा युवा नेता महतोको उमेदवारी


महेश सिंह
सिरहा, २६ असोज । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन राष्ट्रिय प्रजातन्त्र पार्टीले सिरहा लगायत देशभरी आफ्नो उमेदवारहरु प्रतिस्पर्धामा ल्याएका छन् ।
राप्रपाले युवा पुस्ताको हातमा नेतृत्व दिएको राजनीति समीकरणले बताए । देशभरी नै चुनावी प्रतिस्पर्धामा आउन नयाँ युवा युवतीलाई नेतृत्वको जिम्मेवारी दिएका हुन् । राप्रपा नेपालको निकै पुरानो राजनीति पार्टीको रूपमा चिनिएका छन् ।
सिरहा क्षेत्र नम्बर १ बाट राप्रपाले प्रतिनिधि सभा सदस्यको उमेदवारी कलिलो सहासिलो युवा नेता दिनेश महतोलाई उमेदवार बनाएका छन् । सिरहामा पुनः राप्रपाले पुरानै राजनीति माहोलमा फर्किरहेको राजनीति परिस्थितिले देखाउछ । नेता महतो समाज सेवा गर्दै अगाडि बढेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले युवा पुस्तालाई राजनीतिको जिम्मेवारी दिदा पार्टीको निकै माहोल तातिएको छ ।
सिरहा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा दिनेश कुमार महतो र सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा मुर्ली धरले मनोनयन दर्ता गराएका छन् । चर्चित युवा दिनेश कुमार महतो र लोकप्रीय युवा तथा हिन्दु ग्रन्थको रामायणको पात्र चर्चित ब्यक्तित्व हुन् ।





