११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

नवलपुर टुडे
२०७९ अशोज २५ | मध्यान्ह ०४:०६ बजे

भक्तपुर, असोज २५ । भक्तपुरमा ११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई हाल काठमाडौ बौद्ध बस्दै आएका ३५ वर्षीय रामबहादुर सुनार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुनारले रातको समयमा ती बालिका सुतिरहेको कोठामा गएर जबरजस्ती करणी गरेका हुन् । आरोपी सुनारलाई मंगलबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । उनका अनुसार सुनारलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकृत पाण्डेले जानकारी दिए ।





