बाढी/पहिरो

    मुगुमा पहिराेले घर पुरिँदा ५ जनाकाे मृत्यु, ११ जना बेपत्ता

    नवलपुर टुडे
    २०७९ अशोज २४ | मध्यान्ह ०२:०६ बजे

      मुगु, असोज २४ । मुगुको छाँयानाथ रारा नगरपालिका – ११ सालिममा पहिराेले घर पुरिँदा ५ जनाको मृत्यु भएकाे छ । स्थानीय मानबहादुर कुमाईको घर पुरिँदा ५ जनाको भएको हो ।

      यस्तै उक्त पहिरोमा परी ११ जना बेपत्ता भएका छन् । बेपत्ताकाे खाेजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

      घटनाको विस्तृत विवरण प्राप्त भैसकेको छैन ।

        कमेन्टहरु