देश

    आज दिउँसो ३ बजेसम्म उम्मेदवारका विरोधमा उजुरी दिन सकिने

    नवलपुर टुडे
    २०७९ अशोज २४ | बिहान ०९:०६ बजे

      काठमाडौं, असोज २४ । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा आज उजुरी दिन सकिने जनाएको छ ।

      विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको हो । आयोगका प्रवक्ता शालिकराम शर्माका अनुसार आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तरगत प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ देशभर २ हजार ४७३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

      हालसम्म आयोगको सूचना प्रणालीमा प्रविष्टि भएका आधारमा प्रतिनिधिसभातर्फ पुरुष उम्मेदवार २ हजार २४२ रहेका छन् भने महिला उम्मेदवार २३१ रहेछ । यस्तै प्रदेशसभा तर्फ कूल ३ हजार ३९३ उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दिएका मध्ये पुरुष ३ हजार ९९ रहेको छ भने महिला २९३ र अन्य १ जना रहेका छन् ।

        कमेन्टहरु