मौसम

    आज चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    नवलपुर टुडे
    २०७९ अशोज २४ | बिहान ०६:०६ बजे

      काठमाडौ । हाल नेपालमा  उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

      प्रदेश नं १, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

      सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाका साथै यी प्रदेशका एक-दुई स्थानमा धेरै भारी  वर्षाको पनि सम्भावना रहेको छ। मंगलवार देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका केही  स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

        कमेन्टहरु