इस्लामिक धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४९७औं जन्मोत्सव धुमधाम मनाइए

नवलपुर टुडे
२०७९ अशोज २३ | मध्यान्ह ०६:०६ बजे

परासी । नवलपरासीमा इस्लामिक धर्मगुरु पैगम्बर हजरत मोहम्मदको १४९७औं जन्मोत्सव धुमधामसँग मनाइएको छ । इस्लामिक क्यालेन्डर अनुसार रबिउल औव्वल महिनाको १२ तारिखका दिन हजरत मोहम्मदको जन्म ईस्वी ५७१ मा सउदीको मक्का भन्ने ठँउमा बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट भएको थियो ।
मुस्लिम समुदायले पश्चिम नवलपरासीको परासी, कुस्मा, महेशपुर, भुजहवा, गुठी परसौनी, प्रतापपुर लगायत विभिन्न ठाँउमा धार्मिक झण्डा, प्लेकार्ड र इस्लामिक सन्देशका साथ नगर परिक्रमा गरी जन्मदिन मनाएका हुन ।
हजरत मुहम्मदको जन्मोत्सव नेपालसहित विश्वभर मनाउने गरिन्छ । त्यसैगरी नवलपरासी जिल्लामा विभिन्न स्थानीय तहमा सार्वजनिक बिदासमेत दिइएको थियो ।





