बादल र अष्टलक्ष्मी शाक्यले उमेदवारी दिन अस्वीकार

नवलपुर टुडे
२०७९ अशोज २३ | मध्यान्ह ०३:०६ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभाको टिकट पाएका उपाध्यक्षद्वय रामबहादुर थापा बादल र अष्टलक्ष्मी शाक्यले उमेदवारी दिन अस्वीकार गरेका छन् ।
एमालेले बादललाई काठमाडौं १० र शाक्यलाई काठमाडौं ८ मा उमेदवारी दिनका लागि टिकट दिएको थियो । तर, दुवै उपाध्यक्षले चुनाव नलड्ने भएपछि ती क्षेत्रमा एमालेले उमेदवार फेरेको छ । अब काठमाडौं १० मा एमालेका तर्फबाट निमेष केसीले चुनाव लड्ने भएका छन् ।
यस्तै, काठमाडौं ८ मा शिवसुन्दर राजवैद्यले चुनाव लड्ने भएका छन् ।





