देश

    मोरङ ३ बाट उम्मेदवारी दर्ता गराएपछि रेखाले भनिन्– चुनाव जित्छु

    नवलपुर टुडे
    २०७९ अशोज २३ | मध्यान्ह ०३:०६ बजे

      मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आफूले चुनाव जित्ने दाबी गरेकी छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि मोरङ ३ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएपछि उनले यस्तो बताएकी हुन् । थापाले आफ्नो क्षेत्रमा परिवर्तन गर्नका लागि आफू आएको बताइन् ।

      उनले मोरङ क्षेत्र नम्बर ३ ले २० वर्षको अन्तरालमा कहिल्यै विकल्प नपाएको भन्दै अब विकल्पको रुपमा युवाशक्ति बनेर आफू निर्वाचनका लागि तयारी भएको बताइन् । मोरङ क्षेत्र नम्बर ३ बाट आफ्नो जित सुनिश्चित रहेको भन्दै मात्र निर्वाचनको प्रतिक्षमा आफू रहेको बताइन् । उनले भनिन्,  ‘मैले साइत हेरेर नै दर्ता गराएको हो । मोरङले कहिल्यै विकल्प पाएन, यहाँबाट चुनिएका नेताहरुले दुनो सोझ्याएका छन् । यसको विकल्पको रुपमा म आएको हो । युवा नेतृत्व मैले गर्नसक्छु भनेर विकल्प दिन आएको हुँ । जित सुनिश्चित छ, मात्र निर्वाचन कुरिरहेको हो, यो यहाँका बासिन्दाको अनुहारमा उत्साह देख्दा थाहा हुन्छ ।’

      थापाले आईतवार बिहान ११ः २७ बजे मनोनयन दर्ता गराएकी थिइन् ।  उनीसँगै प्रदेश सभा सदस्य ३ (क) मा तीर्थ गुरुङ र ३ (ख) मा रमेश रिजालले सामूहिक रुपमा मनोनयन दर्ता गराए ।

        कमेन्टहरु