राजनीति

    सत्ता गठबन्धनमा टुंगियो सिट बाँडफाँट

    नवलपुर टुडे
    २०७९ अशोज २२ | बिहान ०६:०६ बजे

      काठमाडौ । सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।

      नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सिट बाडफाँट टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकमा माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँट भएको छ ।

      १६५ निर्वाचन क्षेत्र मध्ये बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ । कांग्रेस महामन्त्री गगन थापाका अनुसार लोसपालाई प्रतिनिधिसभामा बढीमा ८ सिट दिने छ ।

      यद्यपि लोसपाले १५ सिट मागेको छ।

        कमेन्टहरु