सुदुरपश्चिम कैलालीका विभिन्न क्षेत्र डुवानमा


कैलाली । लगातारको अविरल वर्षाका कारण कैलालीका विभिन्न क्षेत्र डुवानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण भजनी नगरपालिका–२ पल्टापुर, मोहनपुर र तिनघरुवा टोलहरूमा करिब १२५ घरधुरीमा डुबानमा परेका छन् । त्यहाँको स्थानीय काँडा नदीको बाढी पसेर पल्टापुरका करिब ४० घरधुरी डुबानमा परेका हुन् ।
यस्तै भजनी नगरपालिका वडा नम्बर ७ शिविर टोलका पनि ४० घरमा कान्द्रा नदीको बाढी पसेको छ । वडा नम्बर ८ का खल्ला टोल र पाण्डे टोलका ३७ घरधुरीमा पथरिया नदीको बाढी पसेको बताइएको छ । डुबान भएपछि त्यस क्षेत्रमा ९५ जना मानिसहरू पल्टापुरमा बसिरहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीका अनुसार डुवान भएको क्षेत्रमा प्रहरीले उद्दार गरिरहेको छ । डुवानबाट मानवीय क्षति भने नभएको डीएसपी जोशीले बताए ।





