नारायणगढ-मुग्लिन सडक सहज रुपमा संचालन

नवलपुर टुडे
२०७९ अशोज २१ | बिहान ०७:०६ बजे

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले गाडी समान्य रुपमा चलेका छन् । मालबाहक गाडीबाहेक अरु सार्वजनिक तथा निजी गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।
दशैँको यात्रा सहज बनाउन मालबाहक गाडी चलाउन रोकिएको छ । बिहिवार भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेकोको थियो । तर, पहिरो हटाएपछि गाडी चलेका छन् । अहिले पनि चितवनमा पानी परिरहेको छ ।
यस्तै पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन पोखरा सडक दुईतर्फी नै चलेको छ । सडकमा कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी श्यामबहादुर खत्रीले बताउनुभयो ।





