देश

    भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले टीका लगाएनन्

    नवलपुर टुडे
    २०७९ अशोज १९ | मध्यान्ह ०३:०६ बजे

      काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् ।

      भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाउनुभएको र अरुलाई पनि टीका नलगाइदिनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

      प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाएका हुन् ।

        कमेन्टहरु