तस्कर

    भन्सारका कर्मचारी र सशस्त्रका जवान दशैको मौका छोपी कमाउ धन्दामा लिप्त

    नवलपुर टुडे
    २०७९ अशोज १९ | बिहान ०८:०६ बजे

      नवलपरासी । पस्चिम परासीको सदरमुकाम परासीको महेसपुर भन्सारमा अबैध रुपमा भन्सारका कर्मचारीहरु दशैको मौका छोपी दिन दहाडै असुली धन्दामा लिप्त रहेको खुलासा भएको छ । दशैमा पर्ने सप्तमीको दिन स्थानीय पत्रकार तथा केही बाहिरको पत्रकारहरु छडकेमा जादा भन्सारमा कार्यरत कर्मचारीहरु बार्गेनिङ गरेर पैसा लिएर सर सामान छोडिएको स्पष्ट भिडियो तथा फोटोहरुमा देखिन्छ ।

      उक्त कमाउ धन्दामा लागेका कर्मचारीलाई पुर्ण रुपले सशस्त्र प्रहरीको जवानले सहयोग गरेको पाईएको छ । सप्तमीकै दिन एक जना गरिब ब्यक्ति घरमा बच्चाको जन्मदिन छ भनेर ३ पिस आईस स्प्रे लिएर आउदा उक्त ब्यक्तिलाई डराई धम्काई ४०० पर्ने सामानको २०० सशस्त्र प्रहरीको जवानले घुस लिएर छोडेको तथ्य बाहिरिएका छन । घुस लिएको जानकारी हुने बित्तिकै परासीका पत्रकारहरु भन्सारमा जानकारीको लागि पुगेपछि ढाक छोप गर्न त्यहाँको इस्पेक्टर र भन्सारका कर्मचारीहरु लागि परेर भेटेर समाधान गर्नसमेत अनुरोध गरेका थिए ।

      घट्नाको बास्ताबिक बुझ्न पत्रकारहरुले सिसिटिभिको फोटो देखाउन अनुरोध गर्दा भन्सारका कर्मचारीहरुले हाकिम बिदामा हुनुहुन्छ । हामीले दिन मिल्दैन भनेर पन्छिए । त्यस लगतै १० दिन पहिला आएका सुब्बासंग घट्नाको बारेमा बुझ्दापनि त्यही प्रतिक्रिया दिए। त्यसपछि सुब्बालाई अनियमित तरिकाले भन्सार अगाडि भैरहेको असुली धन्दा बन्द गर्नसमेत सचेत गराएको स्थानीय पत्रकारहरुले बताए । अबदेखि यस्तो घट्ना नदोहोर्‍याउन आफ्नो कर्मचारीहरुलाई सम्झाउने भन्दै सुब्बाले माफी मागेका थिए ।

      महेशपुर भन्सार अगाडि बसेर लेखापढी गर्ने, साहिद छोटे भनेर चिनिने एक ब्यक्तिले आफुलाई भन्सारको कर्मचारी भनेर सम्बाद गर्छन तर, उनी उक्त भन्सार अगाडि फोटोकपी, लेमिनेसन र फारम भर्ने काम गर्छन । स्थानियका अनुसार उनी अबैध सर सामान ल्याउने ब्यक्ति संग पैसा लिएर हाकिमलाई मिलाएर काम गरेको पाईएको श्रोत बाहिरिएको छ ।

      साहिद, छोटे उनी एक दलालको रुपमा काम गरेर धेरै अबैध सम्पति पनि बनाईसकेको स्थानीयले बताउछन । उनले कुनै अन्जान ब्यक्ति भन्सारको लागि लेखाउन जादा भन्सार नगराउनुस भन्सारमा लाग्ने भन्दा कम खर्च उपलब्ध गराउन लगाउने बाँकी आफुले मिलाई दिन्छ र सामान पास गराउने जिम्मा लिएको श्रोत उजागरण भएको हो ।

        कमेन्टहरु