चार्डपर्वको मौकामा ठुठीबारीमा नेपाली लुट्दै


रामजि प्रजापति
परासी । पश्चिम नवलपरासीको सिमानाका पर्ने ठुठीबारी बजार रुपन्देहीको सिमानाका सुनौली लगायत भारतीय बजारमा चार्डपर्वको समयमा नेपालीहरु ठगिएको खबर आएपछि नवलपुर टुडेका नवलपरासी सम्बाददाता रामजि प्रजापतिले स्थानीयहरुको सहयोगमा भारतीय बजारमा नेपालीहरु कसरी लुटिएका छन । त्यसको बारेमा रिपोर्टिङको लागि खट्छन ।
भनिन्छ नेपाल र भारत रोटी र बेटीको सम्बन्ध छ । तर होइन रहेछ । रिपोर्टिङको क्रममा छिमेकी देश भारतको महराजगंज जिल्लाको ठुठीबारी, बरगदवा, भगवानपुरका ब्यापारीहरुले दशैको मौकामा नेपालीहरु भारतीय बजारमा सामान किन्न जादा ब्यापारको नाममा लुटतन्त्र मच्चाएको भेटिएका छन ।
नेपाली समाजमा नेपाल भन्दा भारतमा सस्तो मुल्यमा सामान पाइन्छ भनी भारतमा सामान किन्न गैइन्छ । यहि मौकाको फाइदा उठाउदै भारतीय ब्यापारीद्वारा नेपाली ठगिएका छन । भारतीय ब्यापारीहरुले चिनीको मुल्यमा बजार भाउ भन्दा सस्तोमा दिन्छन । तर अन्य सामान जस्तै साबुन, सरफ, काजु, बदाम, बिस्कुट खुर्सानी, जिरा मसलामा डब्बल भन्दा बढि मूल्य लिएर बेच्ने गर्छन ।
यस्ता धेरै उदाहरण छन । आइतबार एक जना महिला ठुठीबारीमा सामान किन्न गए । उनले मेकपको सामान किनिन, फेयरलब्लीको मूल्य सोधिन् । नेपाली मुल्यमा पाईने भन्दा बढी भारतीय रुपियाँ बुझाएर आएपछि आफू ठगिएको गुनासो बताईन । उनले आम नेपालीलाई भारतीय बजारमा सामान किन्न नहुने र सबैलाई सचेत रहन आग्रह पनि गरिन ।





