देश

    इत्तेहाद नेपाल अध्यक्ष खां जनसम्पर्कमा तिब्रता दिदै

    नवलपुर टुडे
    २०७९ अशोज १२ | मध्यान्ह ०३:०६ बजे

      कृष्णनगर, असोज १२ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने इत्तेहाद नेपालका अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि किफायतुल्ला खाले क्षेत्रमा नेपाली कांग्रेस लगायत जनताहरुसँग मंसिर ४ गते हुने निर्वाचनको बारेमा सक्रियता देखाएका छन् ।

      खाले बताउदै भने नेपाली कांग्रेसका अध्यक्ष तथा नेपालका प्रधानमन्त्रीको नेतृत्वको सरकारले जनताको हितमा काम गरेको साथै जनतामुखि सरकार रहेको बताए । खाले क्षेत्रका जनतालाई पार्टीको अग्र पंक्तिको निर्णय सबैले मान्नु पर्ने बताउदै आउने चुनावमा गठबन्धनबाट आउने उमेदवारलाई साथ र सहयोग दिनु पर्ने बताए ।

      साथै उहाँले नेपाल भारतको सम्बन्ध रोटीबेटीको सम्बन्ध रहेको बताउदै सो सम्बन्ध तथा मित्र राष्ट्रको कर्तव्य नेपाल सरकारले निर्वाह गरेको बताए । अध्यक्ष खासँगै मौलाना शफिक, नसरूल्लाह खां, अहमद नदीम, रहीम दादा, असगर अली लगायत अन्यले समेत सक्रियताका साथ जनसम्पर्कमा लागेको अध्यक्ष खाले बताए ।

        कमेन्टहरु