आज देखि निर्वाचन आचारसंहिता लागू

नवलपुर टुडे
२०७९ अशोज १२ | बिहान ०६:०६ बजे

काठमाडौ । निर्वाचन आचारसंहिता आजदेखि लागू भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी निर्वाचन आयोगले आजदेखि आचारसंहिता, २०७९ लागू गर्न गरेको हो ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको बताए । उनले सबै पक्षबाट आचारसंहिता पालना र कार्यान्वयनमा सहयोगको अपेक्षा रहेको बताए ।
प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि आगामी ४ मंसिरमा देशभर एकैचरणमा मतदान हुँदैछ । आयोगले निर्वाचनका काम तीव्रगतिमा सञ्चालन गरिरहेको छ ।
यही क्रममा आयोगले निर्वाचनमा सहभागी हुने दलहरूसँगकै छलफलका आधारमा आचारसंहिता निर्माण गरेको हो ।





