कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता सम्पन्न


काठमाण्डौँ । बैंकिङ क्षेत्रमा फेरी अर्को ठूलो मर्जरको सम्झौता भएको छ । कुमारी बैंक र एनसीसी बैंकबीच आज मर्जर सम्झौतामा हस्ताक्षर भएको हो ।
कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स एनसीसी बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ । काठमाण्डौमा सोमबार आयोजित एक कार्यक्रमबीच कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ।
दुवै बैंकबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ। मर्जरपछि बैंकको नाम कुमारी बैंक लिमिटेड रहने समझदारी बनेको छ । मर्जरपछि बैंकको सीईओ रमेशराज अर्याल हुनेछन्। उनी हाल एनसीसी बैंकका सीईओ छन् ।
कुमारी बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्तापुँजी २५ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । यस अघि नबीलसँग नेपाल बंगलादेश बैंक गाभिईसकेको छ भने ग्लोबल आईएमईसँग बिओके मर्जरको सम्झौता भईसकेको छ ।
त्यसै गरी हिमालयन बैंक र सिभिलबीच मर्जरको प्रकृया छ भने नेपाल ईन्भेष्टमेन्ट बैंक र मेगाबैंकबीच मर्जरको सम्झौता भएर प्रकृया अघि बढेको छ । यसै गरी प्रभु बैंक र सेञ्चुरी बैंकबीच पनि मर्जरको सम्झौता भएर शेयर कारोबार रोक्का भएको छ ।
अधिकांश बैंकहरु मर्जरमा जाँदा दुई दर्जन बढीको संख्यामा रहेका वाणिज्य बैंकहरुको संख्यामा कमी आउने छ ।





